काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले विवादीत नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन्।
अध्यादेशमा रहेका केही प्रावधान विवादमै रहे पनि राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको जनाएको छ ।



