काठमायडौँ – राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका नेपाल विद्यार्थी संघका एक विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
संसद् विघटनको विरोधमा मध्यबानेश्वरको पिपलबोटबाट संघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेकोले काठमाण्डौँ प्रहरी परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ ।
नेविसंघले पक्राउ परेका आफ्ना नेता त्रिपाठीलाई बिना रिहाइ गर्न भनेको छ ।




















