काठमाण्डौँ – नेपालमा कोरोना लहर ब्यापक भएको भन्दै बेलायतले नेपाललाई एस्ट्राजेनेकाको २० लाख डोज खोप पठाउने भएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणको नयाँ लहर तिब्र रुपमा फैलिरहेको भन्दै बेलायतले उत्त परिामाणको खोप दिने भएको हो ।
केही दिन अगाडी मात्र विश्व स्वास्थ्य संगठनले नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको प्रतिक्रिया दिएको एक सातामा नै बेलायतले नेपाललाई खोप पठाउने तयारी भएको हो।
भारतको खोप उत्पादक कम्पनी सिरमबाट खोप आउन ढिलाइ भइरहँदा बेलायत सरकारबाट यस्तो सहयोग आउन लागेको हो । सिरम कम्पनीले कोभिसिल्ड पठाउन नसक्दा पहिलो डोज खोप लगाएकाहरूले दोस्रो डोज लगाउन पाएका छैनन् ।
बेलायतको सहयोगका लागि बेलायतमा रहेका गोर्खाज् र काठमाण्डौँस्थित बेलायती राजदूत निकोल पोलिटको पहल महत्वपूर्ण मानिएको छ ।
यसअघि नेपालले डब्लूएचओको कोभ्याक्स कार्यक्रम अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । त्यसमा केही अंश बेलायतको सहयोग थियो ।




















