काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट शुक्रबार थप ८ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको छ।
देश भरीको विभिन्न प्रयोगशालामा २२ हजार ३५३ जनाको पीसीआर विधिबाट र ८७३ जनाको एन्टिजेन परीक्षण गराउँदा थप ८ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो।
यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ।




















