साँकेतिक तस्बिर
गोरखा – जिल्लाको धार्चे गाउँपालिकामा ५ बेड क्षमताको आइसोलेसन निर्माण गरिएको छ ।
धार्चे गाउँपालिकाको ५ को माछीखोला बगरमा ५ बेड क्षमताको आइसोलेसन निर्माण गरिएको हो ।
गाउँपालिका अध्यक्ष सन्तोष गुरुङका अनुसार आइसोलेसन कक्ष संगै बिरामीका आफ्न्तलाई समेत छुट्टै कक्षको निर्माण गरिरहेको छ । पालिका भित्रै अहिले ५ वेडको अक्सिजन सहितको आइसोलेसन तयारी अबस्थामा छ ।
पालिका भित्रका संक्रमितहरुको स्वास्थ्य उपचारमा समस्या हुन नदिन आइसोलेसनलाई व्यवस्थित गर्न लागिएको गाउँपालिकाले जनाएको छ । पालिकाले यस अघि नै माछीखोलाको बगरमा ३५ बेडको मास क्वारेन्टिन समेत निर्माण गरिसकेको छ ।




















