×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

काकाकुल बस्ती र मेरा मान्छेहरु

  •  गोरखा समाचार
  • शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अशोक विश्वकर्मा

    तनहुँकै एक सुन्दर बस्ती लाग्छ भिमाद नगरपालिका ८ टोड्के । अधिकाँशलाई कतै सुनें सुनें जस्तो लागेपनि कमैलाई थाहा छ टोड्के र यहाँका नागरिकहरुको कथा…दैनिक भोग्ने भोगाईहरु । लुकेर बसेको अर्थात आफ्नै परिचय खुल्ला रुपमा दिन नचाहेको जस्तो लाग्ने टाड्के प्राकृतिक बन जंगल र उर्वरभूमिले भरिएको ठाउँ हो ।

    विगत वि.स. २०२० भन्दा पहिला देखि वि.स. २०५० सालसम्म सवैलाई प्रिय र रमाइलो लागेको यो गाउँ अहिले एकाएक बन–जंगलमा परिणत भएको छ । मुस्किलले ३५ घरधुरी एकठाँउमा मिलेर बसेको गाउँ पहाडिया संस्कृति जोगाउने प्रमुख थलोको रुपमा परिचित थियो ।
    यहाँका तत्कालिन युवायुवतिहरुको मानसपटलमा अझै पनि ति रोधिघर र मादलुको तालसँग बैशमा साटिएका माया पिरतीका रमाइलो किस्साहरु ताजै छन् । उमेर र समय अनि अवस्था सधै उस्तै कहाँ रहन्छ र यही माटोको सुगन्ध र हिलो मैलोको साथसँगै छुटेको मनहरु अहिले संसारका अधिकाँश देशमा पुगेका छन् ।

    मन नछोडिए पनि बाध्यतासँगै तन छुटेर विराना बनेकाहरुले विहानी घामको पहिलो झुल्कोसँग माछापुच्छे हिमालसहित टलटल टल्किएका हिमशृङ्खलाले नछोड्ने साथबाट केही सिक्नु जरुरी छ । जहाँ रहे पनि गैह्राबाट पानी बोकेका, मेलापात गरेका र माहारा जाँदाको झल्कोहरु त अझै पनि आउँछ होला । गाउँका मानिस र त्यो हावा, पानी र वातावरण कसोरी विर्सन सक्नुभयो होला र ।

    गाउँको अवस्था विकुल्कै परिवर्तन भएका छन् । खटिरा आएर विरामी पर्नेको बदनबाट निस्किएका पाप्रा झै घरका भित्ताहरु कुरुप बनेका छन् । कोरोनाका कारण हेर्दा हर्दा प्राण त्यागेका विरामीझै यहाँका ति शुन्दर महलहरु पलपलमा ढलिरहेका छन् । उर्बरभूमि बाँझिएर बनमाराले स्थान लिएको छ । गाई बाख्रा र भैसी बाँध्ने हाम्रा गोठहरुमा आजभोलि त जंगली जनावरहरु बस्न थालेका छन् रे ।

    याद छ कि नाई ? पानि लिन जाँदा बाटो बाटोमा टिप्न पाइने काँडे धनियाँ र त्यो आँपको रुख । अझै त्यस्तै छ, तर टिपेर खाइदिनेहरु छैनन् गाउँमा । एउटा पुरातात्विक महत्व बोकेको कोहोलडाँडाका कोहोल ढुँगामा पनि खिया लागेको होला, झाडीले ढाकेको होला ।

    अनि कालो पाटीमा कखरा पढेको त्यो स्कुल पनि बन्द भएछ । किन नहोस पढ्न जाने विद्यार्थी नै नभएपछि अनि विद्यालयका पक्षमा लागेर बोल्ने मर्द कोही नभएपछि । भाईबैनाको स्कुल जाने बाटो पनी ओरालो लागेको छ, हामी त उकाली चढेर जाने गर्थे ।

    हामी लाखे हेर्न जाने छिमेकी गाउँमा त कस्तो मज्जाले मोटर गाडी चल्ने भईसकेछ तर पनि भौगोलिक रुपमा मिलेको मेरो गाउँमा अझै राम्रो सडक पुग्न सकेको छैन । केही दुरी हिडेरै भिमाद बजार र खैरेनीटार शहरमा आउने मेरा मान्छेहरु त गाउँमै गाडी चढेर बजार झर्न पाउदैनन् कि जस्तो लाग्छ ।

    यस क्षेत्रकै कर्णाली जस्तो लाग्ने मेरो गाउँमा अझै पनि नेताको नजरिया नपुगेको देख्दा उदेक लाग्दछ । मत माग्न समेत जादैनन अचेल नजर किन पुथ्यो र, हाम्रा मान्छे त सोझो रैछन घण्टौँ हिडेर पनि उसैलाई मत दिन जाने ।

    गाउँ त समयसँगै फेरियो, यहाँका अवस्था झन झन दयनीय अवस्था बनेर फेरिएका छन् । तर एउटा समस्या भने कहिल्यै पनि फेरिएका छैन÷रैनछ…..छाङ्गादीको खानेपानी । राति राति बनाएर खाएको पानी त अझै पनि यहाँका नागरिकले यसरी नै बनाएर खानुपर्ने रैछ नि ! बर्खामा धमिलो आउने पानी कहिले काँही त अमिलो बनेर आउने गर्छ रे धारामा, खै के के मिसिएर हो ।

    विहानै गाउँका दाईसँग भेट भयो सामान्य हालखबर बुझेपछि फेरी सुरु भयो त्यहि पानीको कहानी । गाउँमा धमिलो रंगको अमिलो पानी खानुपर्ने मेरा मान्छेहरुको कहानीले मनै कस्तो अमिलो बनायो । सुखको खोजीमा गाउँ छोडेपछि हाम्रा गाउँ हाम्रो बारी र बन जंगल छिमेकीले गौचरण बनाएछन् । परिवर्तनको आशासँगै गाउँको माया चटक्कै मार्न नसकेका ति हाम्रा मान्छेले लगाएको बालीमा समेत छिमेकीका गाईगोरुले रमिता देखाउछ रे । आजित भएकी साइली आमाले त मुखै फोरेर अन्याय भयो भन्नुभएको के थियो । गाउँमा ४ दिन पानी आउन छाडेछ ।

    बल्लतल्ल बनाएपछि फेरि धारामा पानि आउन थालेको छ भन्दै हुनुहुन्थ्यो । सयौँ बर्षदेखि त्यति धारामा आएका पानी स्थायी रुपमा कहिले आउँछ कुन्नी । शासक र सामन्तको पञ्जाबाट मेरा मान्छेहरुले कहिलेबाट दवाव मुक्त भएर पानि पिउन पाउँलान् ? अव आफ्नै अग्रअधिकार प्रयोग गरेर पानी आफ्नै बनाउनुपर्ने दायित्व शिरमा थपिएको छ ।

    अन्याय विरुद्ध बोल्नुपर्ने दिन कहिलेसम्म प्रतिक्षा गर्ने हो र अव पनि ? यही गाउँको ढुँगा र माटोसंगै बालापन विताएकाहरु अब गाउँको ति दिनहरु फर्काउने गरि लाग्ने दिन आयो कि । संसारको जुन कुनामा रहे पनि नाभि गाडिएको ठाउँ त सवैका लागि प्यारो लाग्दो रहेछ ।
    फर्किर अव त्यही माटो चलाउन अनि त्यहो गोरेटो र बाटोहरु बनाउन आवश्यक छ । बरभञ्ज्याङ र बाटाका चौतारीहरुले अझै पनि मलाई र तपाईहरुलाई कुरीरहेका छन्, अनि समयको अन्तरालसँगै तिर्खाएर काकाकुल बनेका टोड्केले बोलाईरहेको छ । आउनुहोस फेरी मेलापातसँगै गरेर त्यही गित सुन्दै गाउँको मुहार फेरौँला । …..फर्क मुग्नाली मेलापात गरेनी खान पुग्लानी…….. …………………… ।

    खटिरा आएर विरामी पर्नेको बदनबाट निस्किएका पाप्रा झै घरका भित्ताहरु कुरुप बनेका छन् । कोरोनाका कारण हेर्दा हर्दा प्राण त्यागेका विरामीझै यहाँका ति शुन्दर महलहरु पलपलमा ढलिरहेका छन् ।

    गाउँमा धमिलो रंगको अमिलो पानी खानुपर्ने मेरा मान्छेहरुको कहानीले मनै कस्तो अमिलो बनायो ।

    लेखक विश्वकर्मा भिमाद ८ टोड्केका स्थानीय समेत हुन् । उनी रेडियो नेपालसँगै विभिन्न एफएम र पत्रपत्रिकामा आवद्ध छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.