काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट बिहिबार थप ८ हजार ३०५ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६९५ पीसीआरबाट र ३९२ एन्टिजेन परिक्षण गराउँदा ८ हजार ३०५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ ।



