गोरखा – नोबल कोरोना भाइसर (कोभिड–१९)का बिरामीहरुलाई उपचारमा सहजता होस भन्दै जिल्लाको एक गैर सरकारी संस्थाले गोरखा अस्पताललाई सिलिण्डर सहयोग उपलब्ध गराएको छ ।
लायन्स क्लब अफ गोरखाले गोरखा अस्पतालमा अक्सिजन चाहिने बिरामीहरुलाई सहजता होस भन्ने उद्वेश्यका साथ सिलिण्डर सहयाग उपलब्ध गराएको हो ।
क्लब अध्यक्ष श्यामबावु श्रेष्ठले आज (बिहिबार) गोरखा अस्पतालमा एक कार्यक्रम बिच ५ थान अक्सिजन सिलिण्डर सहयोग गरेको जानकारी दिए । महामारीको रुपमा फैलिएको कोरोनाका जटिल अवस्थाका बिरामी तथा अन्य अक्सिजन चाहिने बिरामीलाई सहजता होस भन्ने हेतुले उत्त परिणामको सिलिण्डर सहयोग गरेको क्लबले जनाएको छ ।
कार्यक्रममा गोरखा अस्पतालका चिकित्सकहरु र क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।




















