काठमाण्डौँ – कोभिड सङ्क्रमितको उपचारका लागि प्रयोगमा ल्याइने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ ।
औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो ।
वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई विभागले अनुमति दिए संगै अब देखी उत्त औषधी नेपालमा नै उत्पान हुन पक्का भएको हो । औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको विभागले जनाइएको छ ।
यसअघि नेपालमा उत्त औषधि भारत र बङ्गलादेशबाट ल्याउने गरिएको थियो । औषधिको मूल्य नेपालमा करीब ५ हजारमा बिक्री हुदै आएको छ ।
नेशनल हेल्थ केयरका उपाध्यक्ष अजय पाण्डेका अनुसार अनुमति पाइ लगत्तै चीनबाट कच्चा पदार्थ ल्याउने तयारी गरिएको र जेठ १७ गतेसम्म औषधिका लागि कच्चा पदार्थ ल्याइने र १५ दिनपछि उत्पादन गरेर बजारमा पु¥याइने जानकारी दिए ।




















