गोरखा – रोटरी क्लव अफ गोरखाले जिल्लाको एक पालिकालाई कोरोना संक्रमितहरुलाई बितरण गर्ने गरी हाईजिनिक किट हस्तान्तरण गरेको छ ।
क्लबले बिहिबार एक कार्यक्रम गर्दै शहिद लखन गाउँपालिकालाई उत्त सामाग्री हस्तान्तरण गरेको हो ।
पालिका भित्र होम आइसोलेशनमा बस्नेहरुलाई बितरण गर्ने गरी क्लबका अध्यक्ष एवं शहिद लखन गाउँपालिका ८ का वडाध्यक्ष काशीनाथ अंगाईले पालिकाका स्वास्थ्य प्रमुख बिरेन्द्रकुमार श्रेष्ठलाई उत्त सामाग्री हस्तान्तरण गरेका हुन ।
क्लबले पालिकालाई टुथपेष्ट, ब्रस, चप्पल, लुगाधुने साबुन, काईयो, नेटकटर, झुल, फेस टावल १००÷१०० थान प्रदान गरेको अध्यक्ष अंगाईले जानकारी दिए ।
५० महिला र ५० पुरुषलाई पुग्ने गरि दिएको उत्त सामाग्री बाहेक पनि नुहाउने साबुन ३०० थान, मास्क १००० थान, स्यानिटाईजर १० लि., ट्वाईलेट पेपर २०० थान र ५० थान स्यानिटरी प्याड रहेको पालिकाका स्वास्थ्य प्रमुख बिरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।




















