काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट बुधबार थप ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न स्थानमा गरिएको पीसीआरबाट ८ हजार ६४ जनामा र एन्टिजेनबाट १०९ जना गरी ८ हजार १७३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २४६ जनाको मृत्यु भएको छ ।




















