गोरखा – नामजुङ सेवा समाजले नामजुङ स्वास्थ्य चौकीका लागि अक्सिजन र स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएकोे छ ।
नामजुङमा कोरोना संक्रमणका बिरामीहरु बढेको भन्दै समाजले १० थान सिलिण्डर र केही स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको हो ।
भोलीका दिनमा अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाबले नामजुङका सर्व साधारणहरुले समस्या भोग्न नपरोस भन्ने उद्वेश्यका साथ उत्त सामाग्रीहरु उपलब्ध गराईएको समाजका अध्यक्ष शिव बञ्जाराले बताए ।
अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य सामग्रीहरू शहिदल लखन गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले, वडा अध्यक्ष राम प्रसाद लामिछानेलाई संयुत्त रुपमा समाजले हस्तानान्तरण गरेको हो ।
समाजले उत्त रकम सामाजिक सञ्जाल मार्फत संकलन गर्न सफल भएको थियो । अध्यक्ष बञ्जाराले विपतको बेला समाजले गनुपर्ने सहयोगमा कहिल्यै पछि नपर्ने बताए ।




















