गोरखा – गोरखाको बारपाकमा ७० जनामा एन्टिजेन परिक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।
बारपाक सुलिकोट गाउँपालिका १ र २ को बारपाक बजारमा ७० जनालाई एन्टिजेन परिक्षण गर्दा ३३ जनामाको कोरोना संक्रमण देखिएको हो ।
नेकपा माओबादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा गएको चिकित्सक सहितको टोली
आज (बुधबार) बारपाक बजार बासीहरुको एन्टिजेन परिक्षण गरेको थियो । यो परिक्षण संगै बारपाक बस्ती जोखिममा परेको छ ।
कुल परीक्षणको ४७.१४ प्रतिशत देखिनु राम्रो नभएको भन्दै सबैलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाएर बस्न टोलीले आग्रह गरेको छ । एन्टिजेनमा एक्टिभ देखिएकाहरुलाई टोलीले निुशल्क स्वास्थ्य सामाग्री समेत उपलब्ध गराएको छ ।
एन्टिजेन परिक्षण पछि प्रवक्ता श्रेष्ठले संक्रमणबाट सुरक्षित रहन आबश्यक स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न बारपाकबासीहरुलाई अपिल समेत गरे ।




















