गोरखा – जिल्लाको आइडाडाँ भन्ने स्थानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ४९ बर्षका ति पुरुषको चितवनमा उपचार गरी घरमा नै बसी रहेको अवस्थामा मृत्यु भएको हो ।
अजिरकोट गाउँपालिका ५, आइडाँडाका ति पुरुष कलेजो सम्बन्धी समस्याको चितवन मेडिकल कलेजबाट उपचार गराएर घरमा बस्दै गरेको अवस्थामा मङ्गलबार राती मृत्यु भएको गाउँपालिकाका सूचना अधिकारी सुरेश दुवाडीले बताए ।
मृतकको शव व्यवस्थापनका लागि नेपाली सेना संग समन्वय भई रहेको गाउँपालिकाले जनाएको छ ।




















