नवलपुर – पश्चिम नवलपरासी अन्तरगत पूर्वपश्चिम राजमार्गको दाउन्ने सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४९ जना घाइते भएका छन् ।
काठमाण्डौंबाट रुकुम पश्चिमका लागि छुटेको ना. ५ ख २७१३ नम्बरको बस बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुने रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्तीको मात्र सनाखत भएको छ । अन्य दुई मृतकको सनाखत हुन बाँकी रहेको छ ।
घाइते सवैको उद्धार गरि सकिएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुलाई बुटवल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको बर्दघाट स्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।




















