गोरखा – गोरखाको सबै क्षेत्रमा साढे दुई घण्टाका अन्तरालमा दुई ठुला भूकम्पको धक्का महशुस गरिएको छ ।
बिहानै सबेरै ५ बजेर ४२ मिनेट जादाँ लम्जुङ्गको भुलभुले केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो भने बिहानै ८ बजेर २८ मिनेट जादाँ गोरखाको जगत केन्द्र बिन्दु भएर अर्को भूकम्प गएको हो ।
भुकम्प मापन केन्द्रका प्रमुख लोकबिजय अधिकारीका अनुसार दोस्रो पटक ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।
यसैबिच आज पहिलो पटक गएको भुकम्पबाट लम्जुङ्गमा ४ जना घाइते भएका छन् भने ७ वटा घर आंशिक रुपमा भत्किएको जानकारी प्राप्त हुन आएको छ ।
दुवै भूकम्पबाट के कती धन जनको क्षति भएको हो त्यो भने बिबरण प्राप्त हुन बाँकी छ ।




















