काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट मङ्गलबार थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको २० हजार ९७९ जनाको स्वाब परीक्षणमा ८ हजार २०३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
त्यसैगरी २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ ।





















