गोरखा – गोरखाका एक जना शिक्षकको उपचारको क्रममा चितवनमा मृत्यु भएको छ ।
सिरानचोक गाउँपालिका ५ घर भई शहिद लखन गाउँपालिकाको एक स्कुलमा अध्यापन गराउने शिक्षकको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
चितवन मेडिकल कलेजमा मृत्यु भएका उनी गोरखा सदरमुकाममा बस्दै आएका थिए । ३८ बर्षका ति शिक्षकको सोमबार राती ११ बजे मृत्यु भएको थियो ।
गोरखा नगरपालिकाले स्वाब संकलन गरि परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो ।




















