काठमाण्डौं – कोरोना महामारी र अन्त्यहीन राजनीतिक गतिरोधले देश गम्भीर संकटमा फस्न लागेकोमा डा.भट्टराईले चिन्ता ब्यत्त गरेका छन् ।
उनले ट्विटरमा ट्विट गर्दै सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न नसक्ने भन्दै पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्ने बताएका हुन् ।
ट्विटरमा उनले एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोधले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् ।
ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न नसक्ने भट्टराईले ठोकुवा गरेका छन् । त्यस्तै उनले वैकल्पिक सरकार बन्ने पनि उल्लेख गरेका छन् । डाँ.भट्टराइले संविधानका स्तम्भ एकएक गरी ढल्दै गएकाले सबै पार्टी/नेता निरीह बनेको समेत टीप्पणी गरेका छन् ।
उलने अहिलेको सरकार सर्पको मुखका भ्यागुता जस्तो भएकाले राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुने भन्दै ट्वीट गरेका छन् ।





















