साँकेतिक तस्विर
गाेरखा – गोरखा बक्राङकी कोरोना संक्रमितको उपचारको क्रममा चितवनमा मृत्यु भएको छ ।
शहिद लखन गाउँपालिका १ बक्राङकी ८४ बर्षकी बृद्धाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको पारिवारिक स्रोतले पुष्टी गरेको हो ।
स्वास्थ्यमा समस्या आएपछि यही जेठ १ गते उपचारका लागि चितवन मेडिकल कलेजमा पुरयाइएकोमा उनको सोमबार निधन भएको हो । उहाँको निधनपछि मात्र कोरोना पोजेटिभ रिर्पोट प्राप्त भएको पारिवारीक श्रोतले जनाएको छ ।




















