गोरखा – आरुघाट गाउँपालिका भित्र रहेको कोरोना संक्रमितहरुलाई घर घरमा नै औषधी र काउन्सिलिङको काम सुरु गरिएको छ ।
पालिकाले आफ्नो क्षेत्र भित्र रहेका र होम आइसोलेशनमा बसेकाहरुलाई घर घरमा नै पुगेर जिक्क ट्याबलेट, सिटामोल, भिटामिन सि र बि तथा मास्क र सल्लाह सुझाव दिन थालेको हो ।
डा.सहितको टोली बनाएर संक्रमितको घर घरमा नै पुगेर औषधी तथा सल्लाह सुझाव र संक्रमितको गुनासा सुन्न थालिएको गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले बताए । यसले संक्रमितको मनोबल वढ्ने र उनीहरुको स्वास्थ्य अवस्था पनि बुझन सहज भएको अध्यक्ष दाहालले बताए ।
अध्यक्ष दाहाल संगै डा.कृण्णहरी श्रेष्ठ, आरुघाट प्रहरी चौकीका प्रतिनिधी र स्वास्थ्य शाखाका प्रमुख सहितको टोलीले संक्रमितको घर घरमा पुगेर जिक्क ट्याबलेट, सिटामोल, भिटामिन सि र बि, मास्क बितरण गरेको गाउँपालिकाले जनाएको छ । उत्त औषधीले शरिरमा शत्ति प्रदान गर्ने भएका कारण पनि त्यस्ता औषधीहरु बितरण गरिएको स्वास्थ्य शाखा प्रमुख बिजयकुमार श्रेष्ठले बताए ।
आरुघाट गाउँपालिका भित्र हिजो (सोमबार) साँझ सम्म ८१ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार उत्त टोलीले आरुपोखरीमा रहेका संक्रमितहरुको घर घरमा पुगेको र आज आरुचनौटेमा रहेका संक्रमितहरुको घर घरमा पुगेर औषधी दिने र संक्रमितलाई उचित सल्लाह दिने कार्यक्रम रहेको पनि गाउँपालिकाको कार्यालयले जनाएको छ ।
बुधबार भने थुमीमा रहेका संक्रमितहरुको घर घरमा पुग्ने कार्यक्रम तय भएको छ । अझै पनि पालिका भित्रका १५३ जनाको स्वाबको रिर्पोट आउन बाँकी रहेको छ ।
यसै बिच आरुघाटको कोभिड अस्पताल आरुघाट प्रार्थमिक स्वास्थ्इ केन्द्र)मा ४ जना भर्ना भएका मध्ये २ जना निको भएर घर फर्किएको र २ जनाको उपचार भई रहेको छ ।
पालिकाले संभावित संक्रमितको अनुमान गर्दै भिमोदय क्याम्पसमा १५ वेडको आइसोलेशन समेत तयार गरिसकेको छ ।





















