काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । हिजो एक दिन मृत्यु संख्या घटेर १४५ पुगेको भएता पनि आज पुन २१४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २१४ जनाको मृत्यु संगै मृत्तकको संख्या ५ हजार २१५ पुगेको हो ।
यस्तै पछिल्लो २४ घन्टामा ९ हजार २४७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । २१ हजार ६५६ पीसीआर र ४३४ एन्टिजेट विधिबाट स्वाब परीक्षण गराएकामध्ये ९ हजार २४७ जनामा संक्रमण देखिएको हो ।




















