साँकेतिक तस्बिर
गोरखा – गोरखा नगरपालिकामा सोमबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा नगरपालिका बैशाख २९ गते नारेश्वर र पश्लाङ्ग चौतारोमा संकलन गरेको ९५ जनाको स्वाब मध्येका ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको गोरखा नगरपालिका स्वास्थ्इ शाखाका जनस्वास्थ्य अधिकृत निश्चल अर्यालले बताए ।
संक्रमण भएका मध्ये गोरखा जिल्ला अदालतमा काम गर्ने ३ जना कर्मचारीलाई पनि देखिएको छ ।
बैशाख २९ गते २ स्थानमा गोरखा नगरपालिका भित्रकार वडा नम्बर ३, ४, ५, ६, ७, ८ र ९ वडाका मानिसहरुको स्वाब संकलन गरिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
आज संक्रमित देखिएका सहित गोरखा नगरपालिका भि १०९ जना सक्रिय संक्रमित रहेको शाखाले जनाएको छ ।




















