गोरखा – कोरोना संक्रमित एक पुरुषको गोरखा अस्पतालमा गए राती मृत्यु भएको छ ।
गोरखा नगरपालिका ८ चाइनिज धारा क्षेत्रका ४८ बर्षिय पुरुषको आइतबार राती गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
अन्तिम अवस्थामा अस्पतालमा ल्याएका ति पुरुषको एन्टिजेन गर्दा एक्टिभ देखिएको र थप उपचार गर्दा गर्दै राती ११ः४५ बजे मृत्यु भएको गोरखा अस्पताल प्रशासनले पुष्टी गरेको छ ।
मृत्तक ब्यत्ति मधु मेह र कलोजो रोगका दिर्घ बिरामी रहेको समेत अस्पतालले जनाएको छ । उनलाई आतबार साँझ ७ः५६ बजे उपचारको लागि परिवारले गोरखा अस्पताल पुरयाएका थिए ।
उनको आज नेपाली सेनाले शब ब्यवस्थापन गर्ने छ ।





















