काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आइतबार थप ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ ।
देश भरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ५३९ को पीसीआर र ३४४ जनाको एन्टिजेन परीक्षण गर्दा ७ हजार ३६८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा संक्रमणका कारण १४५ जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार माथि पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २७३ पुगेको छ ।





















