गोरखा – गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम सम्पन भएको छ ।
करिब ४९ लाख रुपैयाका लागतमा अक्सिजन प्लान्ट जडानको काम सम्पन्न भएको हो ।
सूचना अधिकारी कृष्ण ढकालका अनुसार भुकम्पले क्षति पु¥याएको अस्पतालको नयाँ भवन निर्माणको काम भइरहेकाले तत्कालका लागि कोरोना संक्रमित बिरामीको उपचार गर्न अक्सिजनको अभाव हुन नदिन अस्थायी पाइपलाइन जडान गरिएको हो ।
‘आइसियु बेड सञ्चालनका लागि भवन नभएपनि निर्माणधिन भवनको बन्न लागको क्यान्टिनमा एचडियु बेड जडानको काम भइरहेको र सोही स्थानमा अस्थायी रुपमा अक्सिजनका पाइप लाइन बिस्तारको काम मात्र बाँकी रहेको ढकालले बताए ।
ठेकेदार कम्पनीले नै प्राबिधिक झिकाएर अस्थायी पाइप लाइन निर्माण गर्न लागेको अस्पलता प्रशासनले जानकारी दिएको हो । मंगलबारसम्ममा पाइपलाइन जडानको काम पनि सकिने अनुमान अस्पतालले गरेको छ ।
उत्त मेसिनबाट एकै पटकमा बढीमा १० जना बिरामीलाई अक्सिजन सिधै दिन सकिन्छ । गण्डकी प्रदेश सरकारले ७५ लाख रुपैया बजेट बिनियोजन गरेको भएपनि मन्त्रालयको तोकेको मापदण्ड भित्र निर्माण गर्ने गरि ठेकेदार कम्पनीले ४९ लाख रुपैयामा टेण्डर पारेको थियो ।
भुकम्पले क्षति पु¥याएको अस्पताल भवन निर्माण समयमा सम्पन्न नहुदा अक्सिजन प्लान्टको काममा ढिलाई भएको हो ।
गोरखा अस्पतालमा केही दिन अघि बेड अभावमा कोभिडका बिरामीहरुलाई बेच्नमा राखेर उपचार गर्नुपरेको समाचार सार्वजनिक भएपनि एचडियु बेड जडानको काम थालिएको हो ।




















