×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कोरोना महामारी नियन्त्रणमा गम्भीर भएर लाग्न सरकारलाई पत्रकार महासंघको आग्रह

  •  गोरखा समाचार
  • आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं – नेपाल पत्रकार महासंघले कोरोना महामारी नियन्त्रणमा गम्भीर भएर लाग्न सरकारसँग आग्रह गरेको छ ।

    महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति जारी गर्दै महामारीमा मानवीय क्षति रोक्न राज्यको सबै स्रोत, साधन र जनशक्ति प्रयोग गर्न आग्रह गरेका छन् ।

    अध्यक्ष पोखरेलले राज्यको तर्फबाट प्रबन्ध गर्नुपर्ने अक्सिजन, अस्पतालमा बेड र उचित उपचार समेत उपलब्ध गराउन नसक्दा महामारीमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत फ्रन्टलाइनरसहित ४ हजारभन्दा धेरैले ज्यान गुमाइसकेको प्रति दुस्ख समेत व्यक्त गरे ।

    राज्यको फितलो तयारीले गर्दा आम नागरिकले अक्सिजन र सहयोगी औषधिसमेत पाउन नसकी मृत्युवरण गर्नु परेको भन्दै नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशील बन्न महासंघले सरकारको ध्यानाकर्षण गरेको छ ।

    विज्ञप्ति

     

    मिति : २०७८।०२।०१

    विश्वव्यापी फैलिएको कोरोना भाइरसको दोस्रो संक्रमणले नेपाल पनि नराम्रोसँग प्रभावित भएको छ । संक्रमितको उपचारका लागि अक्सिजन र औषधिको अभावले गर्दा मृत्यु र संक्रमितको संख्या भयावह अवस्थामा पुगेको छ । राज्यको फितलो तयारीले गर्दा आम नागरिकले अक्सिजन र सहयोगी औषधिसमेत पाउन सकेका छैनन् । कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा उपचारमा खटिएका ‘फ्रन्टलाइनर’ (चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार) को नै मृत्यु र संक्रमण पनि बढ्न थालेको छ । अहिलेसम्म १२ जना पत्रकारसहित ४ हजारभन्दा धेरै नेपालीको कोरोना संक्रमणले मृत्यु भैसकेको छ भने एकलाखभन्दा बढी संक्रमित भैसकेका छन् । यो हृदयविदारक क्षणमा म मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु, साथै संक्रमितहरु छिटो संक्रमणमुक्त होउन् भन्ने कामना गर्दछु ।

    नेपालमा पनि कोरोना संक्रमणबाट हुने मृत्युदर र संक्रमित दर बढ्दो देखिएको छ । संक्रमणमुक्त हुने दर केही मात्रामा बढेको देखिएको भएता पनि सन्तोष गर्नसक्ने ठाउँ छैन । यो भयावह अवस्थाले हरेक वर्ग, समुदाय र भूगोलका नागरिकलाई नकारात्मकरुपमा प्रभावित पारि नै रहेको छ । देशका धेरै ठाउँमा घोषित निषेधाज्ञा र केही भागको अघोषित निषेधाज्ञाले जनजीवन कष्टकर बनेको छ । सामाजिक, व्यावसायिक, शैक्षिकलगायतका सबै गतिविधि ठप्प छन् । बिहान बेलुकी काम गरेर दैनिक जीवन निर्वाह गर्दै आएका नागरिकको पीडामा सहयोग गर्ने कोही भेटिएका छैनन्, राज्यले पनि निषेधाज्ञाबाहेक जनजीवनलाई सहयोग गर्ने कुनै पनि राहतका कार्यक्रम ल्याउन सकेको छैन ।

    सरकारसहित राज्यका सबै निकायको प्राथमिकता अहिले नागरिकको स्वास्थ्य सुरक्षा बन्नु पर्दछ । संविधानको मौलिकहकको दफामा रहेको ‘स्वास्थ्यको हक र समानताको हक’ यो संवेदनशील घडीमा प्रभावकारी कार्यान्वयन गर्नू राज्यका सबै संयन्त्रको दायित्व हो । आधारभूत स्वास्थ्य सेवामाथिको निःशुल्क पहुँच संविधानले गरेको व्यवस्था हो । संक्रमण फैलाउने रोगको निःशुल्क उपचारको प्रावधान कानुनहरुमा व्यवस्था गरिएको छ । संविधान र कानुनभन्दा ठूलो मानवीय दायित्व त छदै छ ।

    अस्पतालमा बेड, अक्सिन र आवश्यक औषधिको अभाव देखिएको छ । अक्सिजन आपूर्तिमा १५ मिनेटमात्र समस्या हुँदा एउटै अस्पतालका ४ जनाको एउटै समयमा मृत्यु हुन पुगेको कहालिलाग्दो अवस्था हामीले भोगिरहेका छौँ । बिरामी बोक्ने एम्बुलेन्स, हेलिकप्टरले जथाभावी भाडावापतको रकम असुली रहेको समाचार आइरहेका छन् । स्वास्थ्यसँग सम्बन्धित सामग्रीको कालाबजारी, त्यस्ता सामग्री खरिदमा कमिसनका खबर पनि सार्वजनिक भैरहेका छन् । यस्तो महामारीका बेलामा देखिएका यी बेथिति र बद्नियत खेदजनक छन् ।

    यस्ता बेथिति र बद्नियतका घटनाको प्रत्यक्ष साक्षीमात्र बनेर र टुलुटुलु हेरेर नेपाली पत्रकारिता क्षेत्र बस्न सक्दैन । पत्रकारिता क्षेत्रले यस्ता प्रवृत्तिलाई निरन्तर उजागर गर्दै राज्यलाई गम्भीर र संवेदनशील बनाउन हरसम्भव प्रयास गरिरहेकै छ, यो कार्य स्तुत्य पनि छ । यस्तो संवेदनशील घडीमा ‘स्वास्थ्य संयन्त्रले थेग्न नसक्ने अवस्था आयो’ भनेर राज्य पन्छिन पाउँदैन । त्यसका लागि नेपाली पत्रकारिता क्षेत्रले निरन्तर खबरदारी गरिरहने छ । राज्यले अभिभाकत्व प्रदान गर्नुपर्ने संवेदनशील क्षणमा अरुलाई दोषारोपण गरेर उन्मुक्ति पाइदैन ।

    कोरोनाविरुद्धको लडाईका ‘फ्रण्टलाइनर’का रुपमा रहेको चिकित्सा क्षेत्रको योगदान होस् या सरसफाइकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सामानको उपलब्धता लागि क्रियाशील व्यक्ति तथा संस्था, एम्बुलेन्स चालकलगायतको भूमिकाका कारण आजसम्म सबै नागरिकमा झिनो आशा कायमै छ । यी वर्गलाई अझ उत्साहित गर्ने दायित्व पनि राज्यको हो । तर, अहिलेसम्मको राज्यको पूर्वतयारी तथा सक्रियतालाई हेर्दा सकरात्मक संकेत देखिएको छैन ।

    राज्यले आफ्नो स्वास्थ्य संयन्त्रलाई अझ बलियो बनाउँदै आवश्यक मात्रामा अक्सिजनको प्रबन्ध गर्न, अस्पतालका बेडको संख्या थप्न, अस्थायी उपचार केन्द्रहरु निर्माण गर्न तत्काल विशेष योजना बनाई त्यसको कार्यान्वयन गरिहाल्नु पर्ने अवस्था छ । मानवीय क्षतिलाई रोक्नका लागि चिकित्सा क्षेत्रले प्रस्ताव गरेजस्तै ‘रेड अलर्ट’ घोषणा गरेर भए पनि राज्यको सबै स्रोत, साधन र जनशक्ति मानवीय सेवामा केन्द्रित गर्न आवश्यक छ । पूर्वाधार विकासका लागि छुट्याइएको रकम, निषेधाज्ञाका कारण खर्च हुन नसकेर आर्थिक बर्षमा फ्रिज हुनसक्ने रकमसमेतलाई स्वास्थ्य क्षेत्रमा खर्च गर्ने योजना बनाउँदै आवश्यक अक्सिजन प्लान्ट निर्माणलगायतका अत्यावश्यक काममा खर्च गर्न राज्य तत्काल तयार हुन आवश्यक छ । राज्यका सबै निकायलाई कोरोना महामारीको नियन्त्रण तथा रोकथाममा खटाउनु पर्ने अवस्था छ ।

    संकटको यो अवस्थामा निजी अस्पतालहरु पनि राज्यले नै सञ्चालन गरेर जनतालाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागि तत्काल आवश्यक प्रबन्ध गर्न जरुरी देखिएको छ । त्यसैगरी अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्रीको प्रबन्धका लागि विदेशमा रहेका नेपाली कूटनीतिक नियोग तथा दूताबासहरुको थप सक्रियता आवश्यक देखिएको छ । सरकार आफैले पनि नेपालस्थित कूटनीतिक नियोगहरुमा मानवीय सहायताका लागि थप पहल गर्नूपर्ने अवस्था छ ।

    नागरिक समुदायबाट मानव कल्याणका लागि भैरहेका प्रयत्न अनुकरणीय छन् । राज्यका संरचनाले ती प्रयासलाई सघाउदै यो महान अभियानसँग पनि राज्यले सहकार्य गर्न आवश्यक छ । यो बेला कसैले पनि स्वास्थ्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्न सामानहरु स्टोर गर्ने, कालोबजारी गर्ने, मूल्यबृद्धि गर्ने जस्ता कार्य गर्नु सामाजिक अपराध हो । राज्यले प्रभावकारी रुपमा नियमन गर्दै यस्तो अपराध गर्नेको पहिचान गरी कारबाहीको दायरामा ल्याउन विलम्ब गर्नु हँुदैन ।

    पत्रकार मित्रहरु,

    पत्रकार आचारसंहिताको बुँदा ११ मा ‘पत्रकार तथा सञ्चारमाध्यमले प्राकृतिक, विपद्, विशेष संवेदनशील अवस्था वा घटनाका सम्बन्धमा समाचार सामग्री सङ्कलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, मानवीय संवेदना, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भावजस्ता विषयमा विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्दछ’ भनिएको छ । हालको जस्तो विशेष संवेदनशील अवस्थामा पनि पत्रकारिताको विशेष भूमिकाको अपेक्षा हाम्रो आचारसंहितालेसमेत गरेको छ । यो कुरालाई मध्यनजर गर्दै मानव जीवनको रक्षाका लागि पत्रकारिताका माध्यमबाट योगदान पुराउनेतर्फ हामी अझ सशक्त भएर अगाडि बढौं भन्ने आह्वान गर्दछु् । यतिबेला नागरिकलाई सही सूचना दिएर कोरोनाबाट जोगिन, आत्मबल बढाउन उत्प्रेरित गर्नुपर्ने छ भने अर्कोतर्फ वेथिति र बद्नियतको उजागर गरेर राज्यलाई जिम्मेवार बनाउनु पर्ने दायित्वसमेत निर्वाह गर्नु परेको छ । स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षाको अभावमा पत्रकारहरुले सूचना प्रवाह गर्न पनि समस्या उत्पादन हुने छ । त्यस्तो अवस्थामा उत्पन हुनसक्ने ‘सूचना संकट’को अवस्थाप्रति पनि राज्यलगायत सरोकारवाला निकायहरु गम्भीर बन्न जरुरी छ ।

    अन्त्यमा, संक्रमणबाट मृत्यु भएकाहरु र संक्रमितहरुको तथ्याङ्क देखाएरमात्र राज्यले आफ्नो दायित्व निर्वाह गरेको ठानिदैन । अस्पतालको भूइँमासमेत छट्पटाइरहेका, अस्पताल नपाएर याकुल–व्याकुल भइरहेका नागरिकको अनुहार हेरेर अल्पकालीन र दीर्घकालीन योजना निर्माण र कार्यान्वयनका लागि राज्यका संरचनाहरुको ध्यानाकर्षण गराउन चाहान्छु ।

    धन्यवाद !

     

     

    विपुल पोख्रेल
    अध्यक्ष

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.