काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा मृत्यु दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा १८७ जनाको मृत्यु भएको छ भने ८ हजार १६७ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ९७१ पीसीआर र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।





















