नवलपुर – पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मालाई पितृ शोक परेको छ ।
शर्माका पिता गंगाधर शर्मा चापागाईको ९० बर्षको उमेरमा आज निधन भएको हो ।
केही साता देखी अस्वस्थ्य रहेका शर्माका पिताको आज निधन भएको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष दिपक भट्टराईले जानकारी दिए ।
उनको आजै विधि पूर्वक नारायणी नदीमा दाह संकार हुदै छ ।




















