गोरखा – गोरखा जिल्लामा आज देखी दोश्रो चरणको निषेधाज्ञा जारी भएको छ । पहिलो चरण भए गरेका केही गल्ती कमीकमजोरीलाई सच्याउदै दोश्रो निषेधाज्ञा जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रले सुधार गर्दै आज देखी कडा निषेधाज्ञा जारी गरेको हो ।
आज देखी सबै प्रकारका सरकारी कार्यालय बन्द रहने छन् भने कुनै पनि बैंक तथा बित्तीय संस्था र सहकारी खोल्न पाइने छैन । साथै हिजो सम्म निर्माण सामाग्री भनेर कुद्ने सवारी साधानलाई आज देखी राती ७ बजे देखी ९ बजे सम्म मात्र समय निर्धारण गरिएको छ ।
आउनुहोस संकट ब्यवस्थापन केन्द्रले के के निर्णय गरयो त हेरौं ?























