काठमाण्डौं – अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान सिलिण्डर लिन विमान ओमन गएको हो ।
राजधानी मस्कटको लागि उडेको विमान आजै साँझ ७ बजे तिर राजधानीमा अवतरण गर्ने छ । आजै साँझ विमान चीनको बेईजिङ तर्फ सिलिण्डर लिन उडान भर्ने कार्यक्रम रहेको निगमले जनाएको छ । बेइजिङबाट ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिनण्डर तथा अन्य स्वास्थ्य सामग्री लिएर नेपाल फर्कने छ ।
त्यसपछि हरेक दिन विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ ।




















