गोरखा – नेकपा माओवादी केन्द्रका प्रवक्ता प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखा अस्पतालका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएका छन् ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागको सहकार्यमा अस्पताल र स्वास्थ्य कार्यालका लागि ५०० थान सर्जिकल मास्क, २०० थान पिपइ सेट, ३०० जोर ग्लोव, ३५ लिटर स्यानीटाइजर, १०० पिसि एन्टीजेन किट, एन नाइन्टी मास्क ५० पिस, फेस सिल्ड ५० थान, पिस भेन्टुरी मास्क ५ पिस उपलब्ध गराइएका हुन् ।
साता दिन अघि अस्पतालको निरिक्षण गरेका श्रेष्ठले अस्पतालको माग अनुसार तत्कालका लागि उक्त परिमाणको सामग्री उपलब्ध गराएका हुन् । एन्टिजेन किट लगायतका सामग्री सकिएर दैनिक काममा समस्या परेका बेला सामग्री प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।




















