गोरखा – जिल्लाको २ स्थानीय तहमा थप ८७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
आरुघाट गाउँपालिका र सहिद लखन गाउँपालिकामा गरी थप ८७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण भएका मध्ये सहिद लखन गाउँपालिकाको ६ मा मात्र ३१ जना रहेका छन् । त्यस्तै ८ मा १६ जना र ७ मा ३ जनामा कोरोना पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।
आरुघाट गाउँपालिका ८ मा पनि २५ जनामा संक्रमण पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । आरुघाट गाउँपालिकाको ९ मा ९ जना, १० र ४ मा २÷२ जनामा संक्रमण देखिएको हो ।




















