काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट आज थप २०३ जना को मृत्यु भएको छ भने ८ हजार ५२० जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न जिल्लामा आज थप २०३ जनाको मृत्यु भएको र विभिन्न प्रयोगशालामा गरिएको २० हजार ९४८ स्वाब र ५३० जनाको एन्टिजेन परिक्षण गर्दा ८ हजार ५२० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
नेपालमा यो संगै मृत्यु हुनेको संख्या ४ हजार ६४९ र कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको मन्त्रालयले जनाएको छ ।





















