गोरखा – कोरोना संक्रमण पुष्टी भएका सहिद लखन गाउँपालिकाका र पालुङटार नगरपालिकाका १÷१ पुरुषको मृत्यु भएको छ ।
मृत्यु भएका सहिद लखन गाउँपालिकाको ४ घर भएका ४१ बर्षका पुरुष सिंजारी माविका सहायक प्रअको काठमाण्डौं स्थित शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचारका क्रममा र पालुङटार नगरपालिका २ सिमपानीका ६५ बर्षका पुरुषको आँपपिपल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिंजाली माविका सहायक प्रअ बैशाख २९ गते उपचारका लागि शुक्रराज अस्पताल पुगेका थिए । यता सिमपानीका पुरुषलाई आजै दिउसो श्वास प्रश्वासमा समस्या आएपछि दिउसो भर्ना गरिएकोमा उनको दिउसो २ः०० बजे आँपपिपल अस्पतालमा मृत्यु भएको थियो ।




















