गोरखा – निषेधाज्ञा भरी गोरखा जिल्ला भन्दा बाहिरबाट तरकारी ढुवानीमा प्रतिबन्ध लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र ब्यवस्थापनको लागि भन्दै जिल्ला बाहिरबाट तरकारी ढुवानीमा रोक लगाईएको हो ।
जारी सूचनामा ‘गोरखा जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र ब्यवस्थापनको लागि मिति २०७८÷०१÷३० गते जारी गरिएको निषेधाज्ञाको आदेशमा देहाय बमोजिमको आदेश थप गरिएकोले सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’ भनिएको छ ।





















