×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भित्री तागतको खेलोमेलो, जहीँको त्यहीँ कुरो

  •  गोरखा समाचार
  • शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाल देशको राजनीतिक जीवनमा आजको दिन बडा महत्त्वपूर्ण छ । विपक्षीले सांसदको धार्नी पुरयाउन सक्ने हुन् कि होइनन् ? पुगे त ओल्बा कुर्सीबाट ओर्लने सम्भावना बढ्छ, होइन नेपाली जनताको घाँटीमा अड्केको खिचखिच यथावतै रहनेछ ।

    यस्तो बेला हिन्दीको एउटा उखान सम्झन्छन् कन्टिर–बाबू– ढाक के तीन पात ! तर यो त पुरानै कुरा हो । सत्ताको बिजगणित विश्लेषणका सन्दर्भमा कन्टिर–बाबूलाई नयाँ–नयाँ उखान–टुक्का फुर्दै छ, आज बिहानैदेखि ।

    तर बज्रस्वाँठहरूका सवालमा जतिसुकै नयाँ उखान भने पनि काम नगर्ने देख्दै छन् कन्टिर–बाबू । अरूले काम गरेन भनेर स्वर खाप्ने हरिल्वाँठहरू मौका आउँदा आफूहरू मिलेर गर्ने समय पनि त्यसै हुसाउलान् जस्तो छ । न मिलेर कोल घुमाउँछन्, न तोरी आफैँ पिना बन्छ !

    अरे यार, रापका तर्फबाट विधानअनुसार दलहरूलाई आज राति नौ बजेसम्मको डेडलाइन सनाखत भएको छ, बहुमत पुरयाएर देखाउन । रापबाट किन तीन दिनकै समय दिइयो ? किन राति नौ बजेको साइत कुरियो रु कन्टिर–बाबूका मनमा यस्तै प्रश्न उठेका त छन् तर उनी अहिले यसबारे चर्चा गर्न चाहँदैनन् ।

    जहाँसम्म उल्लिखित उखानको कुरो छ, अहिलेको राजनीतिक अवस्थासँग हुबहु मेल खाइरहेकै छ । अरे यार ओल्बाको एकलकाँटे पारा मिलेन भनेर मात्रै हुन्छ ? यता मेलो मिलाउनेहरूको गन्ती पुग्नुपरेन ?

    गन्ती त्यसबेलासम्म पूरा हुँदैन जबसम्म ओल्बा समर्थकबाहेक सबै एक ठाउँमा आउँदैनन् । तर कन्टिर–बाबू बूढा खेतालाहरूको चालामाला र पारा देखेर आजित छन् । उनी अर्को एउटा उखान सम्झिन्छन्– घामट खेलाताहरू न बारी छोड्छन्, न मेलो गोड्छन् ।

    नयाँ–नयाँ उखानङटुक्का खोज्ने जिम्मा ओल्बालाई मात्र कति लगाउनु रु आज कन्टिर–बाबू त्यसैको साटो फेर्ने प्रयत्नमा छन् । गण्डकीको भूत वाग्मतीमा सरे, भूत आखिर भूतै हो नपछुताउनु अरे !

    त्यसमाथि, कन्टिर–बाबू अस्तिदेखि नै ‘भ्यागुताको धार्नी’वाला टुक्का फलाकिरहेका छन् । आज पनि कुरो जहाँको त्यहीँ छ । ओल्बाको विपक्षमा बहुमत पुग्न नसक्ने सम्भावना किन व्यक्त गरिँदै छ ? ओल्बाको भित्री तागत र खेलोमेलो के हो रु सांसदको धार्नी किन पुग्न सकिरहेको छैन ?

    महन्थले त प्रधानमन्त्री पाए पनि खान्न भने रे, किन होला ? आखिर महन्थ–राजेन्द्र र ओल्बाको सम्बन्धमा फेबिकोल कसरी लाग्यो, कसले लगायो ? कन्टिर–बाबूलाई लाग्छ यी प्रश्नहरूको उत्तरको सम्बन्ध माथिका उखानहरूभित्र छ । एउटै धुनीका जोगीहरू नमिलेर मठै उजाडिन बेर छैन । कि कसो ‘मठाराम’ ?

    koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.