गोरखा – जिल्लाको भीमसेन थापा गाउँपालिका ७ को बोर्लाङमा कोरोना संक्रमण फैलिदै गएको भन्दै साता दिन पछी हुने देवाली पुजा गर्न रोक लगाईएको छ ।
भीमसेन थापा गाउँपालिका नेवार समुदायले जेठको ६ र ७ गते गर्ने देवाली पुजामा वडा कार्यालयले रोक लगाएको हो ।
वडाध्यक्ष नारायण श्रेष्ठका अनुसार देवाली पुजा नगर्न वडा कार्यालयले सूचना नै जारी गरिसकेको छ । सूचनामा गाउँघरमा हुने भोजभतेर, कुल देवता पूजा, जमघट,खेलकुद, एक घरबाट अर्को घरमा जाने क्रियाकलापहरु समेत नगर्न भनिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।




















