गोरखा – नेपाल पत्रकार महासंघ गोरखा शाखाले जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामको बिषयमा जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र गोरखालाई ७ बुदे सुझाव बुझाएको छ ।
बिहिबार महासंघको कार्य कक्षमा पत्रकारहरु बिच भएको छलफल पछि शाखाले संकट ब्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई ७ बुझे सुझाव बुझाएको हो ।
महासंघले जिल्लामा उत्पन्न कठिन परिस्थितीलाई पार लगाउन सामुहिक पहल अनिवार्य भएको भन्दै संक्रमणको यो चेन ब्रेक गर्न पनि निषेधाज्ञा बढाउनु पर्ने र त्यस अवधीमा भर कडाई गनुपर्ने सुझाव दिएको छ ।
अत्यावश्यीकय बाहेक अन्य सेवालाई निषेध गरिएको भएता पनि विभिन्न नाममा परिचय पत्रको दुरुपयोग गरी आवतजावत गरिरहेकोमा ध्यानाकर्षण गराउदै त्यस्ता खालका गतिविधीलाई निस्तेज पार्न कडा कदल चाल्न पनि भनेको छ ।
जिल्लामा संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएको भन्दै तत्कालै आवश्यक स्वास्थ्य उपकरण सहितको आइसोलेशनमा ध्यान दिन भन्दै यस्तो कार्यमा निजी अस्पताललाई पनि सहभागी गराउन भनेको छ ।
जिल्ला भित्रका औषधी पसलेहरुले अक्सिमिटरका साथै अन्य अत्यावश्यकीय औषधीहरुमा रातारात मुल्य बढाएको जनगुनासा सञ्चारकर्मीलाई आउएको भन्दै त्यस्ता सामाग्री सुपथ मुल्यमा पाउने ब्यवस्था गर्न र मनपरी मुल्यमा बिक्री बितरण रोक्न आग्रह गरेको छ ।
सञ्चारकर्मीहरुको ब्यापक छलफल पछि जिल्ला भित्र स्वास्थ्य उपकरण र जनशक्तिको पहिचान गरी गोरखा अस्पताललाई कोभिड अस्पतालको रुपमा बिकास गर्न तत्कालै क्षमता बृद्विमा पहल गर्न पनि केन्द्रलाई शाखाले सुझाव दिएको छ ।





















