गोरखा – गोरखा अस्पतालमा कोरोना बिरामीलाई उपचार गर्न एचडियु जडानको काम सुरु भएको छ ।
प्रदेश सरकार मार्फत करिब ३ महिना अघी प्राप्त उत्त बेडहरु तयार गर्न लागिएको हो । बेड तयार गर्न जिल्ला भित्रका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कोरोनाका बिरामीलाई अस्पताल बाहिरै राखेर उपचार गर्न थालियो भनेर जिल्ला भित्रका सञ्चारकर्मीहरुले समाचार प्रकासन तथा प्रशारण गर्न थाले पछि प्रदेश सरकार मार्फत प्राप्त २५ वटा वेड हिजो (बुधबार) देखी नेपाली सेना, शसत्र प्रहरी नेपाल प्रहरीका जवानहरुले अस्पताल परिषर भित्र रहेको एक भवनमा वेड तयार गर्न सुरु गरेको हो ।
अस्पतालका लागि आएको उत्त बेडहरु स्वास्थ्य कार्यालयमा स्थान अभाव भए पछि खाद्य गोरखा नगरपालिका ६ को पाटेचौरमा रहेको खाद्य गोदाममा लगेर थन्काईएको थियो । दिन दिनै अस्पतालमा कोरोना संक्रमितहरुको चाप बढ्न थालेको र अक्सिजन सहितका वेडहरु आवश्यक पर्ने देखिन थाले पछि थन्काईएका वेडहरु निकालेर जोडन थालिएका हुन् ।
हाई डिपेन्डेन्सी युनिटका लागि भनेर प्रदेश सरकारले १ करोड १६ लाख मुल्य खर्चेर गोरखा अस्पतालका लागि उत्त सामाग्री हस्तानान्तरण गरिएको थियो । भवन अभाव संगै प्रयोग ल्याउन नसकिएका उत्त वेडहरु अहिले एउटा भवन तयार भए लगत्तै एचडियु प्रयोगमा ल्याउन लागिएको हो ।
यसै बिच प्रमुख जिल्ला अधिकारी सहितको एक टोलीले हिजो गोरखा नगरपालिका ६ को तिनधारेमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालय र नेकपा माओवादीको पार्टी कार्यालय समेत अवलोकन गरेका छन् ।
सोही टोलीले हालै सम्पन्न गोरखा अस्पतालको भवन निरिक्षण गर्दै अबका दिनमा कोही पनि बिरामीले अस्पतालको बेञ्चमा उपचार गर्न नपरोस भन्दै सबै उपाय अपनाउन प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले अस्पतालका स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिएका थिए ।
साथै गोरखा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि प्राप्त सामाग्रीहरु जडानका लागि आजै देखी प्राविधिकहरुको एक टोलीले काम सुरु गरेको समेत प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
०७२ सालको गोरखा भूकम्पले पुरानो भवनलाई क्षति पुरयाएका कारण र नयाँ भवन बन्दै गरेका कारण गोरखा अस्पतालमा बिरामीहरुलाई वेडमा नै राखेर उपचार गर्ने स्थानको अभावन भएको गोरखा अस्पताल प्रशासनले जनाएको छ ।





