गोरखा – गोरखा नगरपालिकाको एक जना कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ ।
गोरखा नगरपालिका १२ रानिटारका एक युवकका पोखरा चरक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
गोरखा अस्पतालमा बैशाख २५ गते एन्टिजेन परिक्षणमा एक्टिभ देखिएका उनको शरिरमा अक्सिजनको कमी देखिए पछि थप उपचारको लागि पोखराको चरक अस्पतालमा भर्ना गरिएको थियो ।
युवकको उपचारकै क्रममा मृत्यु भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले पुष्टी समेत गरेको छ । युवकको गाउँमा पनि रुघा खोकीका बिरामी फेला परेका कारण नगरपालिकाले स्वाब संकलन गरिरहेको जन स्वास्थ्य अधिकृत निश्चलबावु अर्यालले जानकारी दिए ।




















