गोरखा – गोरखा प्रहरीले विभिन्न स्थानबाट प्राप्त गरेको ७८ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
जिल्लामा पनि नयाँ भेरियन्टको कोरोनाका बिरामी बढ्न थाले संगै प्रशासनको आग्रहमा प्रहरीले जिल्ला भित्रको क्रसर, ग्रिल उद्योग तथा ग्यारेजबाट प्राप्त गरेको ७८ थान सिलिण्डर स्थानिय तह र स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको हो ।
डिसिसिएमसी गोरखाले अस्पताल प्रयोग बाहेकका विभिन्न स्थानमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर तत्कालका लागि उपभोत्ताबाट प्राप्त गरी सम्वन्धीत स्वास्थ्य संस्थामा बुझाउने निर्णय गरे संगै गोरखा प्रहरीले २७ र २८ गते २ दिन सिलिण्डर संकलन अभियान सञ्चालन गरेर प्राप्त गरेको ७८ थान मध्ये ४० थान कोभिड बिरामीहरुलाई उपचारको लागि गोरखा अस्पतालाई हस्तान्तरण गरेको छ ।
त्यस्तै गरी संकलीत सिलिण्डर मध्ये १५ थान आइसोलेशन सेन्टर सञ्चालनका लागि गोरखा नगरपालिकालाई हस्तान्तरण गरिएको छ भने ६ थान आइसोलेशन सेन्टर आरुघाटलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।
बाँकी रहेको १७ थान र अभियान मार्फत संकलन हुने ग्यास सिलिण्डर अन्य स्थानिय निकायबाट सञ्चालित कोभिड अस्पताल तथा आइसोलेशन सेन्टरलाई हस्तानान्तरण गरिने प्रहरी कार्यालयले जनाएको छ ।




















