गोरखा – साता दिन यता गोरखामा कोरोना संक्रमितहरुको संख्यामा अप्रत्यासित रुपमा बढ्न थाले संगै सबै स्थानिय तहले स्वाब संकलनलाई तिब्रता दिन थालेको छ ।
पछिल्ले पटक गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पनि सबै वडामा स्वाब संकलन हुने गरी आजै देखी अभियान सञ्चालनमा ल्याएको हो ।
पालिकाले संक्रमणको उच्च जोखिममा रहेकाहरुको समयमै पहिचान गरि संक्रमण फैलन नदिन स्वांब संकलनको काम अघि बढाउन थालेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले बताए ।
गाउँपालिकाले पालिका सबै वडामा स्वाब संकलन हुने गरी आज (बुधबार)देखि जेठ १ गतेसम्म अभियान सञ्चालनमा ल्याएको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमण दर बढेको स्थान, छिमेकी देश भारत तथा अन्य मुलुकबाट आएका र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको स्वाब संकलन गरिन लागेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले दिएको जानकारी अनुसार बैशाख २९ गते वडा नम्बर ४ को सौरपानी स्वास्थ्य चौकी र ५ को ताकुमाझ लाकुरीबोट स्वास्थ्य चौकीमा स्वाव संकलन गर्ने जनाइएको छ ।
त्यस्तै वडा नम्बर ७ र ८ को पाँचखुवा देउराली वडा कार्यालयमा, वडा नम्बर ६ को ताकुकोट वडा कार्यालयमा ३० गते, वडा नम्बर ३ को स्वाँरा वडा कार्यालयमा ३१ गते र वडा नम्बर १ र २ को बारपाक बसपार्कमा जेठ १ गते पिसिआरका लागि स्वाब संकलन गरिने भएको छ ।




















