साँकेतिक तस्बिर
गोरखा – गोरखा उद्योग बाणिज्य संघले आफ्नो भवन आइसोलेशन सेन्टर स्थापना गर्न नदिएको समाचार बाहिरीए संगै नेपाली काँग्रेस र माओवादीले आफ्नो भवनलाई आइसोलेशन भवन बनाउन आग्रह गरेका छन् ।
नेपाली काँग्रेसले हिजो र माओवादीले आज विज्ञप्ती जारी गर्दै आइसोलेशन निर्माणमा भवन अभाव भन्ने समाचारले गंभिर ध्यानाकर्षण गराएको भन्दै जिम्मेवार पार्टी भएको नाताले आफ्नो पार्टी कार्यालयको भवन आइसोलेशन भवनका लागि प्रयोग गर्न दुवै पार्टीले अनुरोध गरेका हुन् ।
दुवै पार्टीले कोभिड–१९ को महामारीले जिल्लामा भयावह अवस्था श्रृजना भएको भन्दै संक्रमितको सुलभ औषधी उपचारको निम्ती संक्रमितलाई राख्नुपर्ने स्थान अभाव भएको देखिएको र नागरिकहरुको जिवन रक्षाको लागि पार्टी कार्यालयको भवन आइसोलेशन भवनमा परिणत गरी सञ्चालन गर्न सरकोकारवालाहरुलाई आग्रह गरेको हो ।
नेपाली काँग्रेसले वि.पी.गणेशमान मेमोरियल सभा हल २ वटा र नेकपा माओवादी गोरखाले पाटेचौरमा रहेको पार्टी कार्यालय र सभाहल प्रयोग गर्न डिसिसिएमसीलाई आग्रह गरेको छ ।





















