गोरखा – जिल्लाको २ स्थानिय तहमा सोमबार थप २२ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको अजिरकोट र आरुघाट गाउँपालिकामा गरी २२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालले दिएको जानकारी अनुसार अजिरकोटमा ९ जना र आरुघाटमा १३ जनामा संक्रमण देखिएको हो ।
जस मध्ये अजिरकोटमा ४ जना महिला र ५ जना पुरुष तथा आरुघाटमा ७ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको हो ।




















