गोरखा – गोरखा अस्पतालमा कोभिडका बिरामीहरुले वेड भरिएको भन्दै अस्पताल बाहिरै राखेर उपचार थालिएको छ ।
नयाँ भवन बन्दै गरेको र संक्रमितका लागि ७ वेड छुट्टाएर उपचार थालिएकोमा सोमबार बिहान सम्म ११ जना बिरामी भर्ना भएकोले अस्पताल बाहिर नै राखेर उपचार थालिएको हो ।
अस्पतालका सुचना अधिकारी कृष्ण ढकालका अनुसार ७ जनालाई वार्ड भित्रै राखेर उपचार गरिएको भएता पनि अन्यलाई भने टेण्ट र टेण्ट बाहिर खुल्ला स्थानमा राखेर उपचार थालिएको हो । बिरामीलाई अक्सिजन समेत चलाईएको छ ।
दैनिक जसो गोरखामा कोरोनाको बिरामी बढ्न थालेको र अक्सिजन दिएर उपचार गनुपर्ने अवस्थामा जटिल परिस्थिती आउने भन्दै सरोकारवालाहरुले तत्कालै नयाँ भवनमा अस्पताल चलाउनु पर्नेमा जोड दिएका छन् ।























