गोरखा – धार्चे गाउँपालिकाको सदरमुकाम माछीखोला क्षेत्र शिल्ड गरिएको छ । गाउँपालिका अध्यक्ष सहित ७ जना कर्मचारीहरुमा कोरोना संक्रमण देखिए संगै शुक्रबारबाट बजार क्षेत्र शिल्ड गरिएको हो ।
पालिकाले शुक्रबार नै सूचना जारी गर्दै विश्वब्यापी रुपमा कोभिड–१९ को संक्रमण फैलिरहेको अवस्थामा यस धार्चे गाउँपालिकामा समेत कोभिड–१९ संक्रमणको उच्च जोखिममा रहेको अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मको लागि धार्चे–५, माछीखोला बजार शिल्ड गरिएको उल्लेख गरिएको छ ।
प्रमुख प्रशासकिय अधिकृत रामबहादुर अधिकारीले जारी गरेको सूचनामा माछीखोला बजार शिल्ड गर्ने, वडा कार्यालयहरु, बैंक, वित्तीय संस्थाहरु बन्द गर्ने निणए भएको जनाएको छ । साथै बन्द भर औषधी पसल÷मेडिकल २४ सैं घण्टा खोल्न पाईने छ भने खाद्यान्न पसलहरु बिहान ७ः०० बजे देखी ९ः०० बजे सम्म र बेलुकी ५ः०० बजे देखी ६ः०० बजे सम्म मात्र खोल्न पाईने सूचनामा भनिएको छ ।
शुक्रबार पालिका अध्यक्ष सन्तोषकुमार गुरुङ सहित पालिका भित्र रहेका विभिन्न तहका ७ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।





















