गोरखा – गोरखाको पालुङटार क्षेत्रमा मजदुरी गर्दै हिड्ने सल्यानका एक पुरुषको मृत्त फेला परेको छ ।
पालुङटार नगरपालिका ६ कबिखोला भन्ने स्थानमा सल्यान घर भई हाल सोही क्षेत्रमा मजदुरी गर्दै हिड्ने सल्यान जिल्ला उमाख गाउँपालिका ३ का ४० वर्षिय गोरख परियार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
बारीको कान्लामा परियारको मृत्त शरिर फेला परेको र मृत्युको कारण भने खुल्न बाँकी रहेको ठाटीपोखरी प्रहरीले जनाएको छ ।
परियारको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




















