गोरखा – नोबल कोरोना भाइरस (कोभिड १९)का कारण धार्चे गाउँपालिकाका अध्यक्ष सहित ७ जनामा संक्रमण पुष्टी भएको छ ।
संक्रमण देखिएकाहरुमा धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ सहित पालिकामा कार्यरत २ महिला र ५ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालका अनुसार धार्चे गाउँपालिकामा कार्यरत कर्मचारीहरुको स्वाब संकलन गरेर परिक्षण गर्ने क्रममा उनीहरुमा संक्रमण देखिएको हो ।
गाउँपालिकाका कर्मचारी मध्ये रोजगार संयोजक, पशुको कर्मचारी, दर्ता चलानीमा बस्ने कर्मचारीमा पनि देखिए पछि गाउँपालिकाको कार्यालय बन्द गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।





















