गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)का बिरामीहरु दिन दिनै बढी रहेको अवस्थामा बिरामीको वहानामा अरु मानिसले पनि एम्बुलेन्स प्रयोग गरेको भन्दै त्यस्तो पाईएमा कारवाही हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले आज एक सूचना जारी गर्दै एम्बुलेन्समा बिरामी र बिरामीको कुरुवा बाहेक अन्य कोही सवार भएको पाईएमा संक्रमण ऐन अन्तरर्गत कारवाही गरिने जनाएको हो ।
केही दिन यता देखी बिरामी, बिरामीको कुरुवा बाहेक पनि अन्य ब्यत्तिलाई हालेर जिल्ला बाहिर र जिल्ला भित्र आउ जाउन गर्न थालेको भन्दै त्यस्तो गरेको पाईएमा सम्वन्धीत एम्बुलेन्स सञ्चालक, चालक तथा सवार हुने यात्रुहरुलाई संक्रमण रोग ऐन २०२० बमोजिम कैद तथा जरिवाना गरिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
देशको धेरै जसो जिल्लामा निषेधाज्ञा संगै जिल्ला भित्रने र बाहिरीनेले एम्बुलेन्स चालकलाई पैसाको प्रलोभन पारेर यात्रा गर्दै आएको छ । यही जनगुनासा बढेको र केही एम्बुलेन्स चालकले त्यस्तो काम गरेको समेत पाइएकोले कार्यालयले सूचना जारी गर्दै अब आइन्दा त्यस्तो कार्य गरेको थाहा पाएमा कारवाही गरिने जनाएको छ ।





















